मनाङका चार गाउँपालिकामा बैंकिङ सेवा, अझै एउटामा पुगेन, दुई इन्स्योरेन्स कम्पनी मात्रै

मनाङका चार गाउँपालिकामा बैंकिङ सेवा, अझै एउटामा पुगेन, दुई इन्स्योरेन्स कम्पनी मात्रै

NBL manang

नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङमा चार वटा गाउँपालिकमा मध्ये तिन गाउँपालिकामा बैंकिङ सेवा पुगेको छ । एक गाउँपालिकामा अझै पनि बैंकिङ सेवा पुग्न सकेको छैन ।

चार वटा गाउँपालिका रहेको यस मनाङ जिल्लामा सदरमुकाम चामेमा मात्र बैँकिङ्ग सेवा रहेकोमा अहिले थप दुई गाउँपालिकामा बैँक पुगेको छ । हाल सम्म मनाङ जिल्लाको सदरमुकाम चामेमा मात्र सरकारी तथा प्राईभेट बित्त्तिय संस्था सहकारी साना तथा ठुला बैंकहरु गरी दश वटा बैँक रहेको छ ।

सदरमुकाम चामेमा दश वटा बैँक खुलिसकेको अवस्थामा पनि अन्य तिन गाउँपालिकामा कुनै पनि बैँकको शाखा कार्यालयहरु तथा बैँक पुगेको थिएन । मनाङ जिल्लाको तल्लो भागमा रहेको नाँशोङ गाउँपालिका ३ धारापानी मा कैलाश बिकास बैँक र प्रभु बैँकको शाखा गरि दुई बैँक संचालनमा आएको छ ।

मनाङ जिल्लाको माथिल्लो भेगमा रहेको मनाङ ङिस्याङ्ग गाउँपालिकामा पनि गाउँपालिका रहेको स्थान मनाङ ङिस्याङ्ग गाउँपालिका ४ हुम्डेमा राष्ट्रय बाणिज्य बैँक लिमिटेड संचालनमा आए पछि माथिल्लो भेग अपर मनाङमा पनि बैँङकिङ्ग सेवा पुगेको हो । तल्लो मनाङ अर्थात नाशोङ गाउँपालिका र मनाङ ङिस्याङ्ग गाउँपालिकाका स्थानीयबासीहरु बैँकिङ्ग सेवाका लागी सदरमुकाम चामे धाउन नपर्ने भएको छ । उक्त दुई गाउँपालिकामा बैँक सञ्चालनमा आए पछि केहि हदसम्म भए पनि छिटो छरितो र सहज भएको स्थानी एक होटल ब्यबसायि पशुपति अधिकारीले बताए ।

 

बैँङकिङ्ग कारोबारको लागी भनेर सदरमुकाम आउन नपर्ने भएको स्थानीयहरुले खुशि ब्यक्त गरेका छन । यता मनाङ्ग जिल्लाको अति बिकट मानिने नार फू गाउँ हालको नार्पाभुमि गाउँपालिका भने बैँक बिहिन रहेको छ । सरकारी बैँक नेपाल बैँकको शाखा कार्यालय नार्पाभुमि गाउँपालिकामा जाने भन्ने कुरा भएता पनि अझै नेपाल राष्ट्र बैँकबाट कुनै पनि प्रतिकृया नआएको बताउनु हुन्छ नेपाल बैँक लिमिटेड चामे शाखाका शाखा प्रबन्धक केहर सिंह गुरुङ्ग । नार र फू दुई गाउँ रहेको हालको नार्पाभुमि गाउँपालिका अति बिकट , थोरै जनसंख्या र असुभिधा भएको ले पनि बैँकहरुको शाखा लैजान नसकिएको अन्य बैँकका बैँक प्रबन्धकहरुको भनाई छ ।

जिल्लामा नेपाल बैँक लिमिटेड शाखा संख्या एक , राष्ट्रिय बाणिज्य बैँक लिमिटेड एक , कृषि बैँक लिमिटेड एक ,प्रभु बैँक लिमिटेड शाखा कार्यालय दुई , सिटिजन्स बैँक लिमिटेड एक , ओम डेभलपमेन्ट बैँक लिमिटेड एक,गण्डकी बिकास बैँक लिमिटेड एक र अन्य सहकारी संस्था एक र बित्तिय बैँक दुई गरि जम्मा दश वटा बैँकहरुले बैँङकिङ्ग सेवा दिदै आएको छ । जिल्ला भित्र शाखा कार्यालय सञ्चालन गरेको प्रभु बैँक लिमिटेड बैँकले मात्र जिल्ला भित्र शाखा कार्यालय सञ्चालन गरि बैंकिङ सेवा दिदै आएको छ ।

मनाङ्गको माथिल्लो भेग मनाङ ङिस्याङ गाउँपालिकामा राष्ट्रिय बाणिज्य बैँक लिमिटेडको शाखा कार्यालय सञ्चालन हुदा ब्यक्तिगत तथा सरकारी बैंकिङ कारोबारहरु गर्न सहज भएको मनाङ ङिस्याङ गाउँपालिकाका स्थानीय बासी र सरकारी कर्मचारीहरुले खुशि ब्यक्त गरेका छन भने यता नार्पाभुमि गाउँपालिकाका जनता भने १ दिन लगाएर सदरमुकाम चामे आउनु पर्ने बाध्यता रहेको छ बैंकिङ सेवा लिनको लागि ।

स्थानीय तहको नियम अनुसार हरेक गाउँपालिकाहरुमा बैँङकिङ्ग पहुच पु¥याउनु पर्ने भनिएता पनि थानिय तहको करिब दुई बर्षको अबधि सम्म पनि नार्पाभुमि गाउँपालिकामा हाल सम्म बैँङकिङ्ग सेवा पुगेको छैन । नार गाउँ ४, १०० मिटर र फू गाउँ ४, ०३० मिटर उचाईमा रहेको यो दुई गाउँको संयोजन नै नार्पाभुमि गाउँपालिका हो । नार्पाभुमि गाउँपालिकामा १२२ घरधुरी रहेको छ भने ५३८ जना जनसंख्या रहेको यो गाउँपालिकामा हाल सम्म पनि कुनै पनि बैँक पुगेको छैन ।

यस स्थानको मानिसहरु एक दिन लगाएर सदरमुकाम चामे आउने गरेको बताउछन । प्रतिनिधिहरुले पनि खासै वास्ता नगरेको र बैँकहरु पनि नार्पाभुमिमा बेँक राख्न नमान्ने गरेको स्थानीय जनताहरुको आरोप छ । यता प्रतिनिधिहरु भने यस क्षेत्रमा बैँक ल्याउन सक्दो प्रयास भैरहेको र बैँकहरुसंग पनि कुरा अगाडि बढेको बताउछन नार्पाभुमि गाउँपालिकाका अध्यक्ष मिङमार छिरिङ लामा ।

हाल मनाङ जिल्लामा दुई वटा मात्र ईन्सुरेन्स कम्पनीहरु रहेको छ । सिद्धार्थ ईन्सुरेन्स कम्पनी र नेपाल लाईफ ईन्सुरेन्स कम्पनी गरि जिल्ला भरी नै दुई वटा ईन्सुरेन्स कम्पनी सञ्चालनमा रहेको छ । यस भन्दा अगाडी सिद्धार्थ ईन्सुरेन्स कम्पनी मात्र रहेकोमा अहिले नेपाल लाईफ ईन्सुरेन्स समेत जिल्लामा सञ्चालनमा आए पछि जिल्लामा दुई वटा ईन्सुरेन्स कम्पनी भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ