काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई कार पुरस्कार दिने भएका छन् ।
मंगलरबार र बिहीबार बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले वर्षमा समान एक महिला÷पुरुष खेलाडी घोषणा गर्दै प्रोत्साहन स्वरुप कार दिने निर्णय गरेको हो।
साथै उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ तथा र मोटरसाइकल÷स्कुटरबाट पुरस्कृत गर्ने पनि एन्फाले निर्णय गरेको छ।
यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पाँच लाख रुपैयाँ तथा मोटरसाकल÷स्कुटरबाट पुरस्कृत गर्ने निर्णय पनि एन्फाले गरेको छ।
एन्फले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि पुरुषोत्तम थापाको संयोजकत्वमा हरि थापा र सञ्जिव मिश्र सदस्य रहनेगरी समिति गठन गरेको छ ।
यस्तै, एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्न, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्न, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउनका लागि प्रस्ताव पेश गर्ने, विभिन्न प्रतियोगिताका लागि बजेट छुट्टाउनेलगायतका निर्णय गरेको छ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला