पोखरामा सीट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने १७ स्कूल बस कारबाहीमा

सवारी जाँच

पोखरामा सीट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने १७ स्कूल बस कारबाहीमा

school bus pkr

पोखरा । कास्की प्रहरीले सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कूल बसलाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको कास्की प्रहरीले जनाएको छ ।

जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

जाँचका क्रममा सम्पूूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए ।

यसअघि पनि ५५ बसमा ‘ लिमिट’ अंकित स्टीकर टाँस गरिएको थियो भने दर्जन भन्दा बढी सवारीलाई कारबाही गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds