पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ ।
तुम्बेवा गाउँपालिका-२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक वडा–३ सहिद पार्क छेउ पुग्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
मृतकसँगै घर फर्कँदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना भने घाइते भएका छन् ।
बेहोस भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तुम्बेवा गाउँपालिका-३ का निवर्तमान वडाध्यक्ष कमल थापाले जानकारी दिए ।
घटनाका सम्बन्धमा अध्ययन गर्न इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सम्बन्धित खबर
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते