नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि राखिएको शंकास्पद वस्तुभित्र माटो भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्र बोहराले शंकास्पद झोलाभित्र माटो र माटो मुनि एउटा भाँडो भेटिएको जानकारी दिए ।
सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले आफ्नो निवासको रुपमा प्रयोग गरिरहेको देउवा निवास बाहिर शनिवार राति १ बजेको समयमा शंकास्पद बस्तु राखेको प्रहरीले देखेको थियो ।
त्यो झोला भित्रबाट तार बाहिर निस्किएको देखिएको थियो । प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएको थियो ।
‘सेनाको टोलीले शंकास्पद झोला खोतल्दा माटोभित्र भाँडो पाइयो,’ प्रहरीले भनेको छ ।
सम्बन्धित खबर
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते