खोटाङको हलेसी महादेवको दर्शन गरेर फर्किएको एक गाडी साँझ सुनकोशी नदीमा खसेको छ।
चारजना सवार गाडीमा रहेका एक यात्रु घाइते अवस्थामा छन्। स्थानीय कसैले हाइलेक्स जीप भनेका छन् त कसैले निजी कार भनेका छन् ।
घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको बताइन्छ ।
भक्तपुर जिल्लाबाट हलेसी दर्शन गरी फकिर्ने क्रममा दर्शनार्थीहरू चढेको गाडी दुर्घटनामा परेको स्थानीय बताउँछन् ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका– १ अन्तर्गत च्याखुटार र कुँडुलेको बिच भागतिरबाट साढे ५ बजेतिर गाडी सुनकोशी नदीमा खसेको हो ।
पौडिएर निस्किएका व्यक्ति घाइते अवस्थामा रहेकोले दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन नसकेको अवस्था रहेकाे प्रहरी बताउँछ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधीहरू, स्थानीयहरू उद्धार कार्यमा खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते