पोखराबाट हराएका बालक फेवातालमा मृत फेला परेका छन् ।
बिहीबार दिउँसो घरबाट हराएका प्रस्ताव क्षेत्री आज फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनको शव आज ३ बजे ड्यामसाइड स्थित फेवातालबाट सशस्त्र प्रहरीले निकालेको थियो ।
पर्वत फलेवास नगरपालिका–२ थापाठाना घर भई पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलमा आमाबुबासँग बस्दै आएका प्रस्ताव क्षेत्री बिहीबार दिउँसो घरमा कसैलाई नसोधी हिँडेको कास्की प्रहरीले जनाएको छ ।
उनका साथीहरूका अनुसार विहीबार नै १:५० बजे बालक फेवातालमा हाम्फालेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते