पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा खसेको यात्रुवहाक बसमा सबै भारतीय नागरिक सवार रहेको खुलेको छ।
दुर्घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले भने – ‘पोखराको ड्यामसाइडको एक होटलमा उहाँहरू बस्नु भएको रहेछ। आज बिहान ७:३० बजे यहाँबाट बस काठमाडौंका लागि छुटेको रहेछ । पोखराको होटलमा ४१ जना बसेको रेकर्ड छ। उनीहरू भारतको गोरखपुरबाट आएको भन्ने जानकारी छ। सबै भारतीय नागरिक हुन्।’
भदौ ५ गते उनीहरू पोखरा आइपुगेको होटलको रेकर्डमा देखिने प्रहरीले जनाएको छ। उनीहरू पोखरामा दुई दिन घुमेर काठमाडौंका लागि शुक्रबार बिहान छुटेका थिए।
यो बस तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको हो।
सम्बन्धित खबर
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग