काठमाडौँ । बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने चाँड गुँला पर्वका अवसरमा स्वयम्भूमा करिब दुई लाख भक्तजनले दर्शन गरेका छन् ।
प्रत्येक वर्ष साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म स्वयम्भूमा लाग्ने उक्त मेला गत असार २१ गतेदेखि सुरु भएको हो ।
मेला अवधिभर हरेक दिन बिहान बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन गरी त्यस वरपर क्षेत्रमा परिक्रममा गर्ने प्रचलन छ ।
बौद्ध धर्मावलम्बीको दशौँ महिनालाई बुद्धले ज्ञान प्राप्त गरेको र मानव कल्याणका निमित्त सन्देश प्रवाह गरेको विश्वासका साथ यो एक महिनाको समयावधिलाई पवित्र महिनाका रुपमा लिने गरेको छन् ।
स्वयम्भूमा मेला भरेपछि त्यहाँ नजिक रहेका शोभा भगवती, विजेश्वरीलगायत तीर्थस्थलको परिक्रमा गर्ने परम्परा छ ।
करुणाका प्रतीकका रूपमा चिनिने मत्स्येन्द्रनाथको दर्शन तथा तीर्थ गरेमा पुण्य सञ्चय हुने विश्वास धर्मावलम्बीको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा रहेका गुम्बामा दर्शनका लागि आउने भक्तजनको भीड व्यवस्थापन, सडक बत्ती व्यवस्थापनलगायत कार्य गरेको छ ।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मेला अवधिभर बुद्ध जीवनी तथा बुद्ध उपदेशलाई कथाका रुपमा वाचन गरिएकाले पनि त्यसमा सहभागी हुन उल्लेख्य रुपमा भक्तजन आउने गरेको जानकारी दिए ।
थेरवाद, महायान र बज्रयान सम्प्रदायका अनुयायी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहबाट एक महिनाको अवधिमा करिब पाँच लाख धर्मावलम्बी आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास छ ।
विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्दछन् ।
सम्बन्धित खबर
आजदेखि सोह्र श्राद्ध सुरु
मुस्ताङमा २० करोडको लागतमा गुम्बा
आज ईन्द्र जात्रा पर्व मनाईंदै
आज विश्वकर्मा पूजा
छाब्दीवाराही मन्दिर: धार्मिक गन्तव्यस्थल
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग