जाजरकोट । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालयमा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् ।
उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेटनजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै नेपालगञ्ज गएका उनका ज्वाइँ गोपी सिंहले जानकारी दिए ।
‘साउनमा विद्यालय बिदा भएकाले भारतमा म काम गर्ने मोडर्न फेसन सुपर मार्केटमा केही कपडा तथा सामग्री लिन जाउँ भनेर हामी १७ गते दैलेखी मीना होटलमा पुगेका हौँ । जेठान दाइले जुम्लाबाट ४० हजार पठाउँदै हुनुहुन्छ भनेपछि पर्खिँदा धेरै बसाइ भयो । २५ गते दिनभरि कोठामा सुतेर बेलुका ४ बजे बाहिर निस्केपछि उहाँ फर्कनुभएको छैन’, सिंहले भने ।
गत साउन २६ गतेसम्म आउँछन् कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि उनका बाबु हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताए । छोरा हराएको खबर पाएपछि हंसबहादुर पनि नेपालगञ्ज पुगेका थिए । नभेटिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा खोजीका लागि उनीहरुले निवेदन दिएका छन् ।
नेपालगञ्जमा बसेर खोजी गर्दा होटलमा बास बस्न पैसा अभाव भएपछि जाजरकोट नै फर्किएको बुबा हंसबहादुरले बताए ।
‘नेपालगञ्ज पुगेर जताततै खोजियो तर उसलाई भेटाउन सकिएन । फोन पनि बन्द छ । खाना खाएको १६ हजार नौ सय रुपैयाँ पुगेपछि पछि तिरौंला भनेर फर्कियौं’, उनले भने ।
हंसबहादुरले छोराको खोजीका लागि प्रहरीलाई आग्रह गरेका छन् । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति बसेको बताइन् ।
‘साउन २५ गते शिक्षक शाही कतिबेला बाहिरिनुभयो थाहा पाएनौँ । उहाँ नफर्केपछि खोजी सुरु गरेका थियौं’, उनले भने, ‘दुवैले यहाँ बस्दा खाएको १६ हजार नौ सय उहाँको बुबा, श्रीमती र बहिनीले पछि तिरौँला भनी नागरिकतालगायत आवश्यक कागजात लिएर घर फर्किनुभएको छ ।’
सम्बन्धित खबर
प्रदेश संरचना हटाउने स्थिति छैन : देउवा
आज ईन्द्र जात्रा पर्व मनाईंदै
आज विश्वकर्मा पूजा
आजको मौसम पूर्वानुमान
आईएसएमटी जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग