गोरखा । गोरखासँग जोडिएको चीनतर्फको दुई वटा सीमा नाका खुलेका छन् । सामागाउँको रुइला नाका र छेकम्पारको ङुइला नाका छोटो समयका लागि खुला भएका चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिए । छेकम्पारतर्फको ङुइला नाका हिजोदेखि एक महिनाको लागि र सामागाउँतर्फको रुइला नाका आजदेखि १५ दिनका लागि खुला गरिएको जानकारीमा आएको उनको भनाइ छ ।
ङुइला नाकाबाट सबैभन्दा नजिकको तिब्बती गाउँ स्याकसम्ममात्रै जान पाउने गरि नाका खुलेको अध्यक्ष लामाले बताए । पाँच वर्ष पहिले नाका बन्द हुनुअघिसम्म चुम उपत्यकाका बासिन्दा किनमेलका लागि तिब्बती बजार झोंगासम्मै पुग्ने गरेका थिए ।
झोंगा अलि ठूलो बजार भएकाले सस्तोमा सामान पाउने गरेकोमा आवतजावत स्याक गाउँसम्म मात्रै सीमित हुँदा दैनिक उपभोग्य सामान केही महंगोमा किन्नुपर्ने बाध्यता हुने अध्यक्ष लामाले बताए ।
एक महिनाका लागि नाका खुलेको जानकारी आएपछि चुम उपत्यकाका बासिन्दा किनमेलका लागि सीमा पारि जाने तयारीमा जुटेका छन् । सामान ढुवानीका लागि घोडा मात्रै लिएर जान पाउने गरि नाका खुलेको हो ।
यस्तै सामा गाउँतर्फको रुइला नाका १५ दिनका लागि खुला गरिएको छ।
नाका खुल्ने भए पछि बिओपीबाट सुरक्षाकर्मीलाई ३५ नम्वर पिल्लर रुइला नाकामा पठाउन लागिएको ओलियाले जानकारी दिए । तर रुइला नाकाबाट पनि तिब्बती बजारको सीमित क्षेत्रमा मात्रै प्रवेश दिइने चिनियाँ पक्षले जनाएको छ ।
कोरोना संक्रमण शुरु हुनुअघिसम्म नुब्री उपत्यका अन्तर्गत पर्ने ल्हो, प्रोक, बिही र सामागाउँका बासिन्दा किनमेलका लागि तिब्बतको कोङदाङ बजारसम्म पुग्ने गरेका थिए । यो पटक भने रुइला नाकाबाट नजिकै रहेको रुई गाउँसम्म मात्रै जान पाउने गरि नाका खुला भएको अध्यक्ष लामाको भनाइ छ ।
छोटो समयका लागि दुवै नाका खुला भएपछि चुमनुब्री गाउँपालिकाका बासिन्दालाई उपभोग्य सामग्री किनमेलका लागि सहज हुने भएको छ ।
सम्बन्धित खबर
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
काठमाडौँमा गाडी दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, २ जना घाइते
गोरखामा मनास्लु पदयात्रा हिँडेका नेपाली गाइडको मृत्यु
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु