बागलुङको धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा तारा अदै पुलबाट हाम्फालेर बेपत्ता भएकी छन् ।
ढोरपाटनको बोबाङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा स्थित धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयको तारा नौ कक्षामा पढ्दै आएकी थिइन् ।
उनी पुलबाट हाम फालेर बेपत्ता भएपछि खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको बागलुङ प्रहरीले जनाएको छ ।
बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुलबाट उनी हाम्फालेकी हुन् । विद्यालयको होस्टेलमा बस्दै आएकी तारा होस्टेल पछाडिको पर्खाल चढेर भागेको बताइन्छ ।
उनी नजिकैको गण्डकी गोल्डेन ब्रिजमा पुगेर पुलबाट हाम्फाली बेपत्ता भएकी हुन् । उनी किन होस्टलबाट भागेर गई पुलबाट हाम्फालिन् भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री
बुर्तिबाङ स्वास्थ्य केन्द्र स्तरोन्नति: बागलुङ पश्चिमका नागरिकलाई स्वास्थ्य सेवामा सहज हुँदै
बागलुङ जीप दुर्घटना [अपडेट]: मृत्यु हुनेहरुको पहिचान खुल्यो
बागलुङको जैमिनीमा जीप दुर्घटना: पाँच जनाको मृत्यु, एकको उद्धार
ढोरपाटनका मेयर देवकुमार नेपालीलाई कास्की ल्याइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ