अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन्। सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसेका हुन् ।
६ महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइन्छ । केही दिनअघि नै यी दुईले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिसकेका थिए। सोमबार भने धार्मिक विधिअनुसार मन्दिरमा विवाह गरे गरेका हुन्।
उनीहरुको विवाहमा दुवै पक्षका सीमित परिवारको मात्र उपस्थिति थियो । अरुणिमा बिहेकै लागि केही हप्ताअघि अमेरिकाबाट आमाको साथमा नेपाल आएकी थिइन् । युवराजसँग उनको मागी विवाह भएको जानकारी प्राप्त छ ।
श्रेष्ठ नेपाली कांग्रेस सुनसरीस्थित बराहक्षेत्र नगरसमितिका उपसभापति हुन्। बराहक्षेत्र, चतरा घर भएका उनी व्यवसायीसमेत हुन्।
सन् २०१५ देखि अमेरिकामा रहेकी अरूणिमाको यो दोस्रो विवाह हो।
अरूणिमाले विराटनगरका अमित अर्यालसँग १९ वर्षअघि २०६२ वैशाखमा बिहे गरेकी थिइन् । प्रेम विवाह गरेका उनीहरू १२ वर्ष सँगै रहे र ७ वर्षअघि सम्बन्ध विच्छेद भइसकेको छ । उनीहरूका १३ वर्षीया छोरी अक्षता अर्याल छिन् ।
इन्द्रेणीबाट डेब्यू गरेकी अरुणिमाको कुनै समय नेपाली फिल्ममा राम्रो करिअर थियो । आफ्नो सक्रिय करिअरमा ‘धड्कन, ‘अग्नी ज्वाला’, ‘सन्तान’, ‘जीवन रेखा’, ‘भरोसा’, ‘अभिमन्यू’, ‘इन्द्रेणी’, ‘के यो माया हो’ जस्ता ५० भन्दा बढी फिल्ममा काम गरेकी उनले १० वर्षपछि अमेरिकामै वेब सिरिज ‘घर बट इन अमेरिका’बाट अभिनयमा कमब्याक गरेकी छन् । अरुणिमाले फिल्ममा पनि फर्किने इच्छा व्यक्त गरेकी छन् ।
सम्बन्धित खबर
आईएसएमटी जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
आमा बन्दै अभिनेत्री नन्दिता केसी
दीपक–दीपाको हलको वार्षिकोत्सवमा ‘छक्का पञ्जा ४’ निःशुल्क देखाइने
मेटमणिलाई एकीकृत समाजवादीले सोध्यो स्पष्टीकरण: कालापानी-लिपुलेक कसरी भारतको ?
बागलुङबाट बेपत्ता दुई किशोरी १४ दिनपछि फेला
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग