चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–८ बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३ बजेर १९ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
लमजुङको राइनास नगरपालिका, धमिलीकुवाका ४३ वर्षीय श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उनी आफैं मोटरसाइकल चलाएर चितवनको खोलेसिमलस्थित निवासमा आउने क्रममा बिहानपख पौने तीन बजेतिर दुर्घटनामा परेका थिए ।
दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते