पोखरामा मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका डेढ सय मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
साउन ३० देखि ४ दिनमा १ सय ४९ वटा मोटरसाइल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले बताए ।
कास्कीका प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप परिवर्तन गरि होहल्ला गर्दै हिड्ने, ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिइएको उनले बताए ।
मोडिफाइड गरिएका मोटरसाइकललाई कारवाही गर्दा करिव २२ लाख राजश्व संकलन हुने अनुमान रहेको डिएसपी शर्माको भनाइ छ ।
उनका अनुसार यसअघि कास्की प्रहरी र ट्राफिक प्रहरीले २०८० असोज २१ देखि अनुमति विना स्वरुप परिवर्तन गर्ने २२ वटा मोटरसाइकललाई कारवाही गरिएको थियो ।
स्वरुप परिवर्तन गर्ने सवारी धनी र वर्कसप सञ्चालकहरूलाई मुलुकी अपराध संहिता, २०७४ वमोजिम सार्वजनिक शान्ति भंग वा अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते