पोखरा । अमेरिकाको भर्जिनिया राज्यमा कार्यरत् एक नेपाली नर्स दुई सातादेखि बेपत्ता भएकी छन् । अन्तिम पटक जुलाई ३१ (१६ साउन) मा मनसास पार्कमा देखिएकी २८ वर्षीया ममता काफ्ले सम्पर्कविहीन भएकी हुन् ।
मनसास पार्क पुलिस विभागले एउटा सूचना जारी गर्दै त्यसपछि उनको परिवारसँग सम्पर्क नभएको उल्लेख गरेको छ । बेपत्ता भएको धेरै समय भएकाले यसलाई प्रहरीले शंकास्पद मानेको छ ।
काफ्लेको खोजीका लागि अनुसन्धान अधिकृतहरुले छिमेकी, आफन्त, साथीभाइ र उनका श्रीमान्सँग पटकपटक सोधपुछ गरेका छन् । खोजीका लागि अनुसन्धानका विभिन्न विधिको प्रयोग गरेका छन् ।
ममताले केही दिनअघि सामाजिक सञ्जालमार्फत आफ्नो श्रीमान्सँग खटपट परेको संकेत गरेकी थिइन्।
उनका अनुसार ममता ६ महिने बच्चाकी आमा हुन्। उनले सामाजिक सञ्जालमार्फत श्रीमान्सँग अलग हुन चाहेको उल्लेख गरेकी थिइन्।
यसको केही दिनपछि उनी बेपत्ता भएकी हुन्।
उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाई (१३ साउन) मा कुरा गरेका थिए भने श्रीमान्ले ३१ जुलाई (१६ साउन) मा अन्तिम पटक देखेको बताएका छन् ।
प्रहरीका अनुसार, श्रीमानले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए ।
सम्बन्धित खबर
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
कश्मीरमा आतंकवादी आक्रमणको विश्व समुदायबाट निन्दा, १ नेपालीसहित कम्तीमा २६ मारिएको दाबी
बागलुङ सेवा समाज कतार बहुद्देश्यीय अक्षयकोषकाे प्रथम अधिवेशन, अध्यक्षमा सन्तोष पौडेल
बङ्गलादेशमा हिन्दु नेताको अपहरणपछि कुटेर हत्या
बागलुङ सेवा समाजकाे कार्यक्रममा सहभागी हुन महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल कतारमा
परदेशमा बागलुङबासी एकजुट, कतारमा एक करोडको अक्षयकोष स्थापना
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन