घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा लिटरको ५ रूपैंया घट्यो

घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा लिटरको ५ रूपैंया घट्यो

Petrol-diesel-prices-hiked

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रूपैंया तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रूपैंया घटाएको जनाएको छ ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ कायम भएको छ । दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रहेकामाएक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रहेकामा एक सय ६५ कायम गरिएको छ ।

साथै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा एक सय ५२ कायम गरिएको छ । साथै, दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ कायम गरिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन् । साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौँ, दीपायललाई राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds