म्याग्दी । म्याग्दीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा रोकिराखेको ग १ज ७९४५ नम्बरको यात्रुवाहक जिप सडकदेखि ५० मिटर तल खस्दा ६४ वर्षीय भीमबहादुर पुनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते पुनको बेनी अस्पतालमा उपचारका क्रममा बुधबार मध्याह्न पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा चालक केशर पुनका साथै यात्रु कुमार पुन र वीर पुन घाइते भएका छन् ।
घाइतेको अवस्था सामान्य रहेको बेनी अस्पतालले जनाएको छ । हिस्तानबाट सदरमुकाम बेनी जान रोकिराखेको जिप यात्रु चढाउने क्रममा भिरालो सडकमा पछाडि गुडेर दुर्घटनामा परेको हो ।
सम्बन्धित खबर
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
दार्चुला जीप दुर्घटना [अपडेट] : ज्यान गुमाउनेको सङ्ख्या आठ पुग्यो
जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको जीप दुर्घटना : ६ जनाको मृत्यु, ६ जना घाइते
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम