सुन्दरकुमार थकाली
मुस्ताङ,२० भदौ ।
समाजसेवामा योगदान पु¥याए वापत वडाअध्यक्ष सम्मानित भएका छन् ।रेडक्रसको ५५ औ स्थापना दिवस तथा स्वःछत्र स्मृति दिवसका अवसर मुस्ताङ शाखाले घरपझोङ गापा २ मार्फाका वडाअध्यक्ष मानबहादुर विकलाई एक समारोहकाबीच सम्मान गरेको हो ।
जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ तथा सहायक प्रमुख जिल्ला अधिकारी श्यामसुन्दर शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।सम्मानित वडाअध्यक्ष विक ४० वर्षसम्म निरन्तर शिक्षाक्षेत्रमा योगदान पु¥याएका व्यक्ति हुन् ।विगत १२ वर्षसम्म निरन्तर नेरास मुस्ताङको विभिन्न ओहदामा रही कार्यसम्पान गर्दे आएका उनले विभिन्न संघसंस्थामा रहेर समाजलाई योगदान पु¥याई सकेका छन् ।सम्मानित विकले समाजमा निस्वार्थ मनले सेवा गरेवापत पाएको सम्मान भएको उल्लेख गरे । समाजका दिन,दुःखी , गरीब र असाहयहरुलाई सेवा गर्ने निकाय रेडक्रस भएको औल्याउदै यसमा लाग्ने व्यक्तिमा कुनै महोत्काँक्षा नहुने उनले जनाए ।जहाँ आपत,विपत् त्यहाँ रेडक्रस भएकाले यसका लागि मरणोपरान्त लागिरहने उनको भनाई थियो ।
जिल्लाकै उत्कृष्ट रेडक्रस उपशाखा थासाङ २ कोवाङ गाउँलाई शाखाले सम्मान ग¥यो ।शाखाले धौलागिरी आवासिय मावि,जनहित मावि र जनवाल मावि मार्फा २–२ जना विद्यार्थीलाई लगाउने लत्ताकपडा वितरण गरेको छ ।यसवर्ष सर्वोउत्कृष्ट जुनियर रेडक्रस सर्कल धौलागिरी आवासिय मावि बनेको छ भने उत्कृष्ट शिक्षा नायक धौलागिरीकै राजेश शाह भएका छन् ।त्यस्तै,रेडक्रस शाखा मुस्ताङलाई आर्थिक सहयोग गरेवापत अजित्रा थकाली र मीमकुमारी शेरचनलाई विशिष्ट सदस्यको रुपमा शाखाले सम्मान ग¥यो ।प्रमुख अतिथि जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले रेडक्रसको पहँुच ५ वटै स्थानीयतहमा पुग्नपर्ने जनाईन् ।त्यस्तै,सहायक प्रजिअ श्यामसुन्दर शर्माले जहाँ विपत् त्यहाँ रेडक्रस भन्ने उक्तिलाई मुस्ताङ शाखाले पुरा गरेको बताए ।
यसअघि रेडक्रस शाखाले गरेका प्रगतिबारेमा प्रशासकिय सहायक रत्न गोतामेले जानकारी गराएका थिए ।शाखाका सभापति चन्द्रबहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन रेडक्रस उपमन्त्री कर्ण थकालीले गरेका थिए ।नेपालमा रेडक्रसको उदय २०२० सालमा भएको हो । मुस्ताङमा २०३५ सालमा शाखा गठन भएको हो ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की