गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं ५ स्थित प्रस्याङ्गमा रहेको कवाडी सामान गाेदाम स्थलमा आगलागी भएको छ।
मनिस स्क्राप नाम गरेको सो गोदाममा बेलुका पौनै नौ बजे आगलागी भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको छ।
घटना स्थलमा ४ वटा दमकल, २०० जना नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि खटिएका थिए। १४ ट्याकंर पानीको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र गुरुङ्गले जानकारी दिए।
सो मनिस स्क्राप सन्तोष कुमार र सञ्जय प्रसाद जैसवाल दाजुभाईले सञ्चालन गरेका थिए। उनीहरु खाना खान बाहिर गएको बेलामा आगो लागेको जनाइएको छ। आगोलागीबाट प्रारम्भिक रुपमा झण्डै १२ लाखको क्षति भएको प्रहरीले जानकारी दिएको छ। घटनाबाट मानवीय क्षति भएको छैन।
समयमा प्रहरी र दमकल घटनास्थलमा पुगेकोले वरिपरिका घरहरु पनि आगलागी हुन बाट जोगिएकाे वडा प्रहरी कार्यालय बैदाम प्रमुख डिएसपी नवीन कार्कीले जनाए ।
सम्बन्धित खबर
नेपालमै पहिलो पटक पोखरामा इन्टरनेशनल बलुन फेस्टिभल हुने
कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ
रूपा रिङरोड दोस्रो खण्डको शिलान्यास, ४७ करोडमा बन्ने
हिसान कास्की अध्यक्षमा हिल पोइन्टका दिवाकर, सचिवमा प्रतिभाका किरण
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
शान्ति निकेतनका विद्यार्थीले मनाए विज्ञान दिवस
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग