बारा । बारामा विषाक्त माछा खाएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ।
सिम्रौनगढ नगरपालिका–७ झवानी टोलका नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो।
आइतबार राति पाठे माछा र भात खाएपछि उनीहरूलाई पेट दुख्ने समस्या भएको थियो। त्यसपछि तत्कालै स्थानीय क्लिनिकमा लगिएको थियो।
त्यहाँ समान्य उपचारपछि कलैया प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल नपुग्दै ९ वर्षीया लालिमा रामकी मृत्यु भयो । त्यसपछि ७ वर्षीया अर्की छोरी पुष्पा र ५ वर्षीय छोरालाई वीरगन्जको नेशनल मेडिकलमा उपचारको लागि भर्ना गर्दा उपचारकै क्रममा सोमबार दुबैको मृत्यु भएको हो । कलैया अस्पतालमा पोस्टमार्टम भई उनीहरूको भिसेरा जाँचको लागि विधि विज्ञान प्रगोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
ती बालबालिकाको फुड प्वाइजनको कारण ज्यान गएको उपचारमा संलग्न डाक्टरको प्रारम्भिक अनुमान छ। घटनाबारे अनुसन्धान गरिरहेको प्रिहरीले जनाएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते