पछिल्लो समयमा तीज गीत विकृत बनिरहेका बेलामा ‘अरे लालुमै’ ले परम्परागत तीज गीतको झल्को दिएको छ ।
हालै सार्वजनिक यस गीतलाई सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। गीत डिजिटल स्टारको च्यानलबाट सार्वजनिक गरिएको हो ।
शान्ति डोटेल, सुनिता नेपाली र कमला न्यौपानेको स्वर रहेको यस तीज गीतको भिडियो पनि राम्रो बनेको छ । यस मौलिक गीतमा रमेश बिजीको शब्द रहेको छ भने संगीत सुर्य प्रसाद पाण्डेय र शान्ति डोटेलको रहेको छ।
पोखरामा लोकप्रिय रहेको डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड गरिएको हो । गीतमा तारानाथ आचार्यको म्युजिक एरेन्ज रहेको छ ।
यस्तै, मोडल अस्मिता रनपाल, मिलन दुलाल , माया गिरी र मुन्द्रेमान श्रेष्ठ फिचर्ड रहेको भिडियो रूचाइएको छ । भिडियो तारानाथ आचार्यले निर्देशन गरेका हुन् ।गणेश सापकोटाले खिचेका हुन् भने तारानाथ आचार्यले आफै सम्पादन गरेका हुन् ।
सम्बन्धित खबर
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
हिरासतमा रहेका रविमाथि अदालतको चार पक्राउ पुर्जी
आजबाट शुल्क तिरेर धरहरा चढ्न पाइने
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम