रुकुम पश्चिमका एक युवकले आफूभन्दा २६ वर्ष जेठी महिलासंगको अनैतिक सम्बन्ध लुकाउन महिलाको हत्या गरेका छन् ।
रुकुम पश्चिम चौरजहारी नगरपालिका ११ माथिल्लो सार्केनाका २३ वर्षिय प्रेम मल्लले सानीभेरी गाउँपालिका ४ लामाचौरकी ४९ वर्षिय सुशीला मल्लको हत्या गरेका हुन् । प्रेमले झण्डै ६ घण्टाको दुरीमा रहेको सुशीलाको घरमा पुगी उनको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २३ वर्षीय प्रेम र ४९ वर्षीया सुशीला आफूहरुको प्रेम सम्बन्ध लुकाउन ‘भक्त’ र ‘माता’ बनेका थिए । सुशीलाको घरमा पुगेका प्रेमलाई सुशीलाले आफुलाई बिहे गर्न दवाव दिएपछि उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा डिएसपी नवराज पोख्रेलले जानकारी दिए ।
डेढ वर्षयता प्रेम र सुशीलाका बीच निरन्तर सम्बन्ध भएको खुलेको छ । त्यही प्रेम सम्बन्धलाई लुकाउनलाई नै प्रेमले सुशीलाको हत्या गरेको देखिएको डिएसपी पोख्रेलले बताए । डिएसपी पोख्रेलका अनुसार प्रेम अविवाहित हुन् । सुशीलाका श्रीमानको करिब १९ वर्ष पहिले नै मृत्यु भइसकेको थियो । सुशीलाका तीन छोराहरूमध्ये दुई छोरा तेस्रो मुलुक र रोजगारीको सिलसिलामा कान्छा छोरा भारतमा छन्।
सुशीला घरमा जेठी बुहारीसँगै बस्दै आएकी थिइन ।यसै विषयमा कुराकानी गर्न प्रेम साउन २१ गते सुशीलालाई भेट्न लामाचौरस्थित उनकै घरमा पुगेका थिए । प्रेम र सुशीला त्यो दिन रातिसँगै बसे । तर साउन २२ गते बिहान झिसमिसे नहुँदै प्रेम कसैले थाहा नपाओस् भनेर घरबाट निस्किएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए ।
उनीहरूबीच डेढ वर्षअघि जाजरकोटको रिम्ना मेलाबाट चिनजान भई फोन नम्बर साटासाटपछि भेटघाट हुन थालेको अनुसन्धानबाट खुलेको पोखरेलले बताए।
प्रहरीका अनुसार हत्याको अघिल्लो दिन प्रेम भेटघाटका लागि सुशीलाको घरमै आई राति सँगै बसेको र बिहानै उठी जाजरकोटको रिम्ना बजार तथा रुकुम पश्चिमको चाइनाबगर बजार गई घुमफिर गरेर साँझ पुनः सुशीलाकै घरमा आएका थिए। त्यस रात १२ बजेतिर सुशीलाले आफूहरूको सम्बन्धका बारेमा घरमा र गाउँघरका मानिसहरूले थाहा पाइसकेको भन्दै विवाहको प्रस्ताव गरेपछि घटना घटेको अनुसन्धानबाट खुलेको डिएसपी पोखरेलको भनाइ छ।
प्रेमले सुशीलालाई विवाह गर्न सक्ने अवस्था नभएको भन्दै मार्ने मनसायका साथ फलामको तावा, सिलौटो, लोरोलगायतका घरेलु औजार हान्नुका साथै सलले घाँटी बाँधी थिचेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट रगत लागेको फलामको तावा, सिलौटो, लोरो, बांगिएको चम्चा बरामद गरेको थियो।
प्रेमले हत्या गरेपछि सुशीलाको फोनसमेत लिएर उनी त्यहाँबाट निस्किएका थिए। पछि प्रहरीले मोबाइल फोन प्रेमको कोठाबाट बरामद गरेको थियो ।
प्राविधिक रूपमा अनुसन्धान गरी सुशीलाको मोबाइल ट्र्याक गरेको थियो। मोबाइल कहिले खुल्ने, कहिले बन्द हुनेक्रम थियो।त्यही क्रममा प्रहरी साउन २५ गते चौरजहारी नगरपालिका–११ माथिल्लो सार्केनाका २३ वर्षीय प्रेम मल्लसम्म पुग्न सफल भयो ।
सम्बन्धित खबर
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला