स्याङ्जामा नागरिकता भन्दा राहदानी लिने बढी

स्याङ्जामा नागरिकता भन्दा राहदानी लिने बढी

img_passport

स्याङ्जामा आर्थिक वर्ष २०८०/०८१ मा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी रहेको छ ।

एक वर्षको अवधिमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात हजार ४६८ जना र ईलाका प्रशासन कार्यालय वालिङ्बाट सात हजार ८२५ जना गरी १५ हजार १९५ जनाले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिर्ने चाहना देखिएकोले नागरिकता भन्दा बढी राहदानी वितरण भएको हुन सक्ने उनको भनाइ थियो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय स्याङ्जा र ईलाका प्रशासन कार्यालय वालिङ्बाट एक वर्षको अवधिमा १४ हजार २०६ जनाले नागरिकता लिएका हुन् । तीमध्ये वंशजको आधारमा १४ हजार १३१, वैवाहिक अङ्गिकृतको आधारमा २५ जना र गैरआवासीय ४२ जनाले नागरिकता लिएको सप्रजिअ पौडेलले बताए ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा स्याङ्जाका ३९ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जसमध्ये पुरुष ३२ जना र महिला सात जना रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds