पोखरा । पोखरा महानगरपालिका–६ हल्लनचोकमा ‘थ्रि मेन ए साइड’ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
हल्लनचोक स्पोर्टस् क्लबले यही भदौ १ देखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागको क्लबका सचिव अशोक थापाले जानकारी दिए ।उनका अनुसार ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने सो प्र्रतियोगिताको विजेताले नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उपविजेतालाई नगद रु २५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने सचिव थापाले बताए ।
प्रतियोगितामा प्रदेशभन्दा माथिल्लो स्तरको खेलाडी टिममा १ जना मात्रै समावेश गर्न पाउने क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।
उनका अनुसार सो प्रतियोगितामा सहभागिता जनाउनका लागि ४ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगिताका लािग टिम दर्ता फोनबाट पनि गर्न सकिने (९८०६७१६७०९, ९८०६७७७३००) क्लबले जनाएको छ ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ