आज नागपञ्चमी, नाग थानहरूमा पूजा गर्नेहरुको घुइँचो

धर्म संस्कार

आज नागपञ्चमी, नाग थानहरूमा पूजा गर्नेहरुको घुइँचो

नागपंचमीको महत्त्व

nAGPANCHAMI PIC

तस्वीरः सञ्जय शाक्य

पोखरा । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी पोखरासहित देशभर मनाइएको छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ ।

नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ ।

May be an image of 2 people, snake, temple and text

नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागका चित्र वा प्रतिमालाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नागका चित्र टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्प लगायतका घस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

नागको पूजा गर्नेहरुको घुइँचो

आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी, पोखराका नागपोखरीहरु, नाग थानहरु, लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

May be an image of 7 people, crowd and temple

नागको पूजा गरी गाईको दूध, अक्षता, दुबो, खीर, रोटीलगायतका परिकार प्रसादको रुपमा चढाउने र खाने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने भएकाले ऋषिमुनिहरुले नागजातिको पूजाआजा गर्ने रित बसालेको विश्वास छ । नागपञ्चमीसँगै चाडबाडको याम सुरु हुन्छ ।

May be an image of 8 people, wedding, crowd and temple

नागपंचमीको महत्त्व

नागपंचमीको महत्त्व पनि शिवजीसँग जोडिन्छ । शिवजीले आफ्नो गणनाका रुपमा सर्पलाई लिएका छन् । घाँटीमा सर्प लगाएर पनि शिवजी शान्त छन् । यसको अर्थ केहो भने, हाम्रो जुन वायूमण्डल र पृथ्वी छ त्यहाँ सूर्यको विकिरण आउँछ । विभिन्न धुँवाधुलो र समस्याले गर्दा गर्दाखेरी ओजन तह विस्तारै बिस्तारै घटिरहेको हुन्छ । त्यहीँ ओजन तहलाई सर्पले सूर्यबाट आएको विकिरणलाई सर्पले सोसेर विषमा परिणत गर्ने गर्दछ । यो विज्ञानले पुष्टि गरेको कुरा हो । हिन्दुहरूले मरेको मान्छे जलाउने गर्छन् । जलाउँदाको धुँवाले चाहीँ ओजनतहलाई टाल्ने काम गर्दछ ।

May be an image of 5 people

जलाउँदा पनि प्रकृतिले मान्छेले भलाइ गरिरहेको छ । विकिरणलाई नागले सोसेर लिन्छ । मानिसलाई जोगाउन सर्पले मद्दत गर्छ । शरीरमा विकिरण नै विकिरण र ब्याक्टेरियाहरु धेरै छन् । राम्रा ब्याक्टेरियाहरु पनि छन् जसले हामीलाई बचाएर राखेका पनि छन् । नराम्रा ब्याक्टेरियाहरु पनि छन् जसले शरीरलाई मार्न पनि खोजिरहेका छन् । शरीरमा भएका विकीरणहरुलाई सोसेर लिएर पनि सर्पले बचाइरहेको हुन्छ । जस करण पनि सर्पलाई बचाइराख्नुपर्छ ।

May be an image of 1 person

विच्छी र सर्पले हाम्रो शरीरमा भएका खराब तत्त्वलाई लिने काम गर्छ । त्यसैले पनि सर्पलाई हामीले बचाइराख्नु पर्दछ । हिंड्दा टोक्छ, मार्छ छुट्टै कुरा भयो तर बचेर काम गर्नुपर्छ । बिना आक्रमण नगरी त सर्पले पनि मार्दैन् । सबै सर्पहरू विषालु नै हुन्छन् भन्ने पनि छैन । नागको प्रकार केही फरक पनि हुन्छन् । टाउकोमा सिउरो भएको सर्पहरुलाई नागभन्ने चलन छ ।

हिन्दु धर्ममा आठवटा नागको चाहिँ बढी महत्त्व दिइएको छ । विष्णु भगवानसँग शेषनाग मानिएजस्तै सबैको आफ्नो आफ्नो ब्याख्या गरिएको छ । शिवजीले पनि शत्रुबाट बचाउनका लागि घाँटीमा नागको प्रयोग गरेको देखिन्छ । हामी कागजमा नागको तस्वीर बनाएर टाँस्ने गर्छौँ तर धातुको नाग बनाएर राख्न सके राम्रो हुन्छ ।

May be an image of 1 person and swan

नागको आकार र स्वरुप फरक फरक हुन्छ । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारै दिशा हुन्छन् । प्रत्येक तीन महिनामा नागको शिर फरक फरक हुन्छ । अहिले उत्तरतिर छ भने पश्चिमतिर नाग फर्काउनुपर्ने हुन्छ । टाँसेको नाग त फर्काउन सकिँदैन । धातुको नाग बनाएर राख्यौँ भने फर्काएर पूजा गर्न मिल्छ । नागको पूजा गर्दा धूप बाल्न हुँदैन । किनकि धुपले त सर्प भाग्छ । सर्पलाई रातो मन पर्दैन सेतो मन पर्छ । कपास मन पर्छ । सर्पका लागि मह विषहो दुध चढाउने चलन छ । खैनी पनि त्यत्तिकै विष हो । मानिसलाई प्यारालाइसिस हुनुको कारण सर्पसँग सम्बन्धित छ ।

May be an image of 1 person

। शरीरमा सर्पको भूमिका बढी भएको मानिसहरुलाई कुण्डलीको १२ कोठा मध्ये ६ कोठा खाली भयो भने कालसर्प देखिने र मानिसलाई प्यारालाइसेस भएको मानिन्छ । इको सिस्टमका कारण पनिनागको महत्वभएको हो । साउन महिनाभरी मानिसले प्रकृतिको पूजा गरिरहेको कारण इकोसिस्टमकै कारण हो । कंक्रिट भवनहरू बनाएर मात्र प्रकृतिको पूजा हुँदैन । मान्छे मासिएपछि कति वर्षपछि बल्ल घर ढल्छन् अनि विध्वंस हुन्छ । अनि मात्र प्रकृति आफ्नो ठाउँमा आउँछ ।

May be an image of 7 people and temple

पातलमा नागहरु धेरै बस्छन् भनिन्छ । किनकि पातलमा वा जहाँ धेरै समुन्द्र छ त्यहाँ धेरै बस्ने हो । वास्तविकवा साँच्चिकै नाग नेपाल पाइँदैन भनिन्छ । नागको पूजा गर्दा विषेशगरी कपास प्रयोग गर्नुपर्ने हुन्छ । दुध चडाउँछौं । धान भुटेर लाभा चढाइन्छ ।सेतो फूल नागलाई बढी मन पराउँछ ।

May be an image of 3 people

कालो सर्पको पूजा गर्दा नौं वटा नागहरु बनाएर बीचमा तामा, सुनको जे भएपनि काली नाग बनाएर राखिन्छ । खोलामा लगेर बगाउनुपर्छ । र नागको नृत्य गर्ने पनि चलन छ । प्रायजेष्ठको महिनमा आँदी आउँछ । तेर्सो खालको विजुली चम्किन्छ । हावाले गर्दा मकै लड्छन् । हाम्रो काभ्रेको पनौतीको विशेष महत्त्व छ । पानी र हावाले पनौतीलाई असर गर्दैन भनिन्छ । त्यहाँ कुनै नागथियो ।कुनै तान्त्रिकले समातेर लग्यो तर वर्षमा एक पटक चाँही नाग त्यहाँ आउँछ भन्ने मान्यता छ । त्यसैले पनौतिमा भुँईचालो आएपनि घर भत्किँदैन । नागले रक्षा गरेको छ भन्छन् ।

May be an image of 3 people, elephant, temple and text

नागपूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसीपार्न पूजा गर्ने परम्परा बसेको हो । प्रत्येक घरमा नाग रहेका हुन्छन् भनिन्छ । घरको जगमुनि बसेका नाग रिसाइगएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नागपूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ ।

May be an image of 1 person, crocodile and text

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय शाक्य

सञ्जय शाक्य

शाक्य पाेखराका परिचित फाेटाे पत्रकार हुन् ।

ट्रेन्डिङ