पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा कास्की जिल्लाव्यापी अन्तरमावि (९–१२) छात्रा भलिबल प्रतियोगिता गर्ने भएको छ ।
क्याम्पसको प्रांगणमा आगामी भदौ ७ देखि १० सम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिता संयोजक विनोदराज आचार्यले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले भदौ ५ गते साँझ ४ बजे सम्म टीम दर्ता गराउनुपर्नेछ भने आयोजकले भदौ ६ गते खेलतालिका प्रकाशन गर्ने जनाएको छ ।
आयोजकका अनुसार विजेताले ३० हजार, उपविजेताले २० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, सर्भर र टीम प्रशिक्षकलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ