सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि भारतले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलमा भारतले नेपालमाथि २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को जित निकालेको हो ।
घरेलु कोर्टमा उपाधि चुम्ने नेपालको सपनामा भारत बाधक बनेको हो । अघिल्ला चार सेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल अन्तिम सेटमा स्तब्ध बनेको थियो । नेपालले महिला भलिबलको फाइनलमा भारतलाई हराएर कुनै पनि उपाधि जित्ने मौका पाएको थियो ।
तर भारतले पाँचौँ सेटमा कुनै गल्ती नगरी सहज जित निकाल्यो । यसअघि लिग चरणको खेलमा नेपाले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक थियो । फाइनलमा भारतले नेपालसँग लिग चरणमा खेपेको हारको बदला समेत लियो ।
नेपालले घरेलु कोर्टमा उपाधिको मुखमा पुगेर भारतलाई नतिजा सुम्पिएको यो दोस्रो पटक हो । नेपाल पाँच वर्षअघि १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा पनि भारतसँग पराजित बन्दै रजतमा चित्त बुझाउन बाध्य भएको थियो ।
नेपालले मङ्गलबार भएको सेमिफाइनल खेलमा इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको थियो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको थियो । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
यता भारतले सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो। भारतले श्रीलङ्कामाथि २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।
पाँच टोली सहभागी प्रतियोगितामा इरान तेस्रो भयो । बुधबार नै तेस्रो स्थानका लागि भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६ , २५–१७ को नतिजा निकालेको थियो । पाँच टोली सहभागी यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणका सबै खेलमा हार खेप्दै बाहिरिएको थियो ।
योसँगै नेपाल प्रतियोगिताको उप–विजेता बनेको छ । इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाटै बाहिरिएको थियो ।
रिसिभ र सर्भिस सोचेअनुसार नहुँदा भारतसँग हार बेहोर्नुपर्यो : मुख्य प्रशिक्षक भट्ट
फाइनलमा भारतविरुद्ध पराजित भएपछि नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले रिसिभ र सर्भिसमा सोचे अनुसार हुन नसक्दा भारतविरुद्ध हार भोग्नुपरेको बताएका छन्।
खेलपछि मुख्य प्रशिक्षक भट्टले भने, ‘मुख्य खेलाडीहरुले राम्रो प्रर्दशन गर्न नसक्दा आफ्नो रणनीतिमा सफल हुन सकेनौँ।’
उनले भारतीय पक्षको ब्लक राम्रो रहेको प्रतिक्रिया दिए। चौँथो सेट जित्नैपर्नेमा रणनीतिअनुसार खेलाडीले प्रदर्शन गर्न नसेको प्रशिक्षक भट्टले सुनाए।
‘हामीले जुन रणनीतिका साथ भारतसँग खेल्ने भनेका थियौं, सोचेअनुसारको रिसिभ र सर्भिस राम्रो गर्न नसक्दा हार व्यहोर्नुपग्यौँ’ उनले भने, ‘चौथो सेटमा जित्नुपर्ने खेल थियो तर जित्न सकेनौँ। हाम्रो रिसिभ राम्रो भएन भने उनीहरुको ब्लक राम्रो थियो जसका कारण हामीले खेल जित्न सकेनौँ।’
प्रधानमन्त्रीले भने ‘सधैंको हार होइन’
उकेरा संवाददाता
उकेरा संवाददाता
५३ मिनेट अघि
काभा वुमन्स भलिबलमा नेपालले भारतसँग हारेपछि प्रधानमन्त्रीले भने ‘सधैंको हार होइन’
A
A
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले भारतसँग जित निकाल्न नसकेपछि नेपाली टोलीलाई धन्यवाद दिएका छन्।
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि सहभागी हुने पूर्वनिर्धारित कार्यक्रम थियो। तर, नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्नुपर्ने भएकाले खेल हेर्न जान नपाएको ओलीले बताए।
फाइनल खेल सकिएपछि सामाजिक संजालबाट प्रतिक्रिया लेख्दै प्रधानमन्त्री ओलीले नेपालकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लागेको बताए।
‘तेस्रो चरणदेखि मात्र खेलको लाइभ हेरें। नेपाली टोलीको उत्कृष्ट प्रदर्शन हुँदाहुँदै पनि हामीले जित्न सकेनौं। तीन नम्बर जर्सी लगाएकी सरस्वती चौधरीको प्रदर्शन उत्कृष्ट लाग्यो। एक पटकको हार सधैंको हार होइन, हामी जित्ने छौं, उनले लेखेका छन्।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते