ऐतिहासिक पशुपति कोटिहोममा प्रदेश प्रमुख भट्ट सहभागी

धर्म संस्कृति

ऐतिहासिक पशुपति कोटिहोममा प्रदेश प्रमुख भट्ट सहभागी

'सामाजिक पूण्यको काममा सबैले हातेमालो गर्न जरुरी'

bhatta at pashupati

काठमाडौंको पाशुपत क्षेत्रमा साउन १ गतेदेखि ‘ऐतिहासिक पशुपति कोटि होम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ जारी छ । साउन ३२ गतेसम्म सञ्चालन हुने महायज्ञको आयोजना मानव सेवा फाउण्डेशनले गरेको हो ।

पशुपति वन काली हंस मण्डपमा भइरहेको महायज्ञको २२ औं दिनको प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलाई निम्त्याइएको थियो । आयोजकका तर्फबाट प्रदेश प्रमुख भट्टलाई आगमनका क्रममा बाजागाजासहित स्वागतका साथै दुबोको माला, दोसल्ला तथा सम्मानपत्रका साथ अभिनन्दन गरिएको थियो ।

May be an image of 10 people and temple

व्यक्तिगत तबरबाट बीस हजार दान गर्दै प्रदेश प्रमुख भट्टले सामाजिक पूण्यको कामका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए । थोपा थोपाले सागर बन्ने भन्दै उनले सबैले सफा चित्त र स्वच्छ मनका साथ सामाजिक काम गर्नुपर्ने उल्लेख गरे । संकलित दान दातव्यको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख भट्टले यस्तै महायज्ञहरु गरेर शैक्षिक सुधारका कार्यक्रमहरु सम्पन्न गरेको अनुभव पनि सुनाए ।

साउन महिनाभरी सञ्चालन हुने महायज्ञ अवधिभरी एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन भइरहेका छन् ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीरामकथा वाचक चन्द्रकला सखी तथा श्रीमद भागवतकी लोकप्रिय युवा कथा वाचिका देवी प्रतिभालगायतले कथा वाचन गरेका छन् । श्रीमद्भागवत कथा पुराण प्रवक्ता बाल योगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसन लगायत झन्डै एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।

May be an image of 9 people, dais, temple and text

ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर बालआश्रम र भक्तपुरको चाँगु नारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो ।

मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् ।

May be an image of 6 people, temple and text

स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन् बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् ।

त्यस्तै, छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जन बढी बेसहारा आमा–बुबाले आश्रय प्राप्त गर्दै आएका छन् ।

May be an image of 1 person, speaker, lighting and dais

हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको मानवसेवा फाउण्डेसनले जनाएको छ । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमा–बुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।

May be an image of 5 people, dais and text

May be an image of 8 people and wedding

May be an image of 9 people and temple

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ