भारतमाथि नेपालको ऐतिहासिक जित

काभा वुमन्स नेसन्स लिग महिला भलिबलः

भारतमाथि नेपालको ऐतिहासिक जित

CAVA-Volleyball

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।

शनिबार भएको काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ३–२ ले पराजित गरेको हो। रोमाञ्चक बनेको पाँच सेटको खेलमा नेपालले अन्तिम सेटमा जित हासिल गरेको हो। नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हरायो ।

यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन। सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो । त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो। गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो।

दक्षिण एसियाली क्षेत्रमा महिला भलिबलमा भारत सर्वाधिक बलियो टोलीका रुपमा रहँदै आएको छ। काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds