काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका आधारमा उनले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औं दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।
ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्तिलगतै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । संविधानतः अब तीन जना राज्यमन्त्रीको मात्र कोटा खाली थियो ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते