पोखरा । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।
संघले फोटो ग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायीहरुलाई उत्साह र फोटो ग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटो ग्राफर संघ गण्डकीको स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ ।
बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट, बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन् । बेष्ट बैवाहिक फोटो अवार्डका लागि रु १५ हजार ५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता वर्ष भरि नै चलिरहेको र प्रत्यक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाणपत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसैगरी संस्थाले गण्डकी प्रदेशलाई विश्वभरी नै चिनाउने उद्धेश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको छ ।
नेचर एण्ड ल्याण्डस्केप बिधाअन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटो ग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउने छन् । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद रु १० हजार ट्रफि र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल तथा विशेष अतिथि विश्व रत्नशाक्य, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदीलगायत ले ब्यानर खोलि प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
कार्यक्रमका विशेष अतिथि बरिष्ठ फोटोग्राफर विश्वरत्न शाक्य ले फोटो ग्राफी क्षेत्रमा गण्डकी प्रदेशले देशंै भरिका फोटोग्राफरहरुलाई प्रोत्साहीत गर्नका लागि स्थापना गरिएको यो प्रतियोगिता निकै सह्रायिन कार्य भएको बताए । साथै नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदीले फोटोग्राफर र फोटो पत्रकार र पत्रकार यी सबै एउटै पाटा भएको बताए ।
प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल नेपाल फोटोग्राफर महासंघ नेपालका के.सदस्य रवीनाथ दाहाल, सल्लाहकार गणेश छवि, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, लगायतले आफ्नो भनाई राखेका थिए । प्रतियोगिताका संयोजक तथा अक्षयकोष दाता भक्त तामाङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तुलसी राम सुवेदीले गरेका थिए ।
विधा
प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य
(Nature & Landscape)
प्रतियोगिता सम्बन्धि नियमहरु
१.फोटो गण्डकी प्रदेश क्षेत्र भित्र खिचिएकोे हुनुपर्नेछ ।
२. सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् ।
३.फोटो प्रकृति तथा सुन्दर प्राकृतिक दृश्य (Nature & Landscape) सम्बन्धी हुनु पर्नेछ ।
४.फोटो क्यामरा तथा मोवाइल ले खिचेको हुनु पर्नेछ ।
५. एरियल फोटो, ड्रोनफोटोहरु समावेश गर्न पाइने छैन ।
६. फोटोलाई सामान्य Crop&color Correction गर्न सकिनेछ ।
७. फोटोमीयनय तथा Water Mark : बचप राख्न पाईने छैन ।
८.फोटो Photographer Association Gandaki को Email – [email protected] मा पठाउनु पर्नेछ ।
९.सहभागीले ३ वटा सम्म फोटो पठाउन सक्नेछन् ।
१०. फोटो १ एक एमवी भन्दा माथि हुनुपर्नेछ ।
१०.फोटोग्राफी क्षेत्रका ३ जना निर्णायकद्वारा मूल्याङ्कन गरिनेछ ।
विधा
मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता
Mirage National Wedding Photo Contest –2023
१.बेष्ट फोटो अवार्ड
२.ब्राईड एण्ड ग्रुम हेड सट
३.बेष्ट कलरिङ एण्ड रिटचिङ
४.बेष्ट मोमेन्ट क्याप्चरिङ
५.बेष्ट कपलपोजिङ,
६.बेष्ट कल्चर
प्रतियोगिता सुरु
सुरु मितिः २०८१ श्रावाण १५
फोटो पोष्ट गर्ने अन्तिम मितिः २०८१ भाद्र १५ गते बिहीबार राति १२ बजे सम्म
नतिजा प्रकाशन तथा पुरस्कार वितरण : २०८१ भाद्र २० गते बुधबार
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते