झापा । पूर्व फुटबलर गम्भीर राईको निधन भएको छ।
झापा भद्रपुर नगरपालिका– १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय पूर्व फुटबलर गम्भीरको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनले लामो समयदेखि सुगर रोगको औषधि सेवन गरिरहेका थिए। २०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए। उनी अन्डर १६, अन्डर १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए। एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही उनले अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए।
झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट सन्यास लिएका थिए।
उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पर्याएको भन्दै भद्रपुर झापा गोल्डकपले २०७९ फाल्गुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरेको थियो।
उनका छोरा विशाल राई पनि फुटबल खेलाडी हुन्।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते