पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, ९ महिना कैद सजाय

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर, ९ महिना कैद सजाय

६९ लाख १५ हजार जरिवाना

govinda raj joshi

काठमाडौँ — सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनलाई ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैद तोकिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ सकिएपछि साउन १३ गते फैसला सुनाउने समय तोकिएको थियो । मुद्दामा ४८औं पेसीपछि आइतबार फैसला भएको हो ।

उनले आफू पदमा रहँदा पदीय दुरुपयोग गरी अकुत सम्पत्ति कमाइ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले यसअघि दोषी ठहर गरेको थियो । अहिले सर्वोच्चले पनि विशेषको फैसलालाई नै निरन्तरता दिएको हो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds