गण्डकीमा यातायात व्यवसायीको आन्दोलन फिर्ता, गाडी चल्न थाले (विज्ञप्तिसहित)

सहमति

गण्डकीमा यातायात व्यवसायीको आन्दोलन फिर्ता, गाडी चल्न थाले (विज्ञप्तिसहित)

यातायात व्यवसायी र राइडर्सहरुबीच एकअर्काको विरोध नगर्ने सहमति

pokhara-yetaaa-1536×864
  • १५ दिनभित्र समस्या समाधान गर्ने गरी ९ सदस्यीय कार्यदल गठन

पोखरा । पोखराका आन्दोलनरत यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच सहमति भएको छ । सरकार र राइड सेयरिङको विरोध गर्दै व्यवसायीबीच आइतबार भएको वार्तामा सहमति भएको हो । आन्दोलन फिर्ता भएसँगै आइतबार साँझैदेखि यातायात चल्न सुरु भएको छ ।

वार्तामा व्यवसायीले सरकारलाई बुझाएको ज्ञापनपत्रलाई अध्ययन गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिको सदस्यमा मुख्यमन्त्री कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका प्रतिनिधि, सार्वजनिक यातायात केन्द्रीय महासंघका प्रतिनिधि, राइडर्स पोखराका प्रतिनिधि, उपभोक्ता मञ्च गण्डकीका प्रतिनिधि, यातायात मजदुरमध्येबाट एकजना छन् ।

समितिले १५ दिनभित्र प्राविधिक प्रतिवेदन मुख्यमन्त्री कार्यालयलाई बुझाउनुपर्नेछ । योसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । यसअघि आइतबार व्यवसायीले विरोध प्रदर्शन गरेका थिए ।

कार्यदल गठन भएसँगै आइतबारदेखि सुरु भएको आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र केसीले जानकारी दिए ।

यातायात व्यवसायी र राइडर्सहरुबीच विरोध नगर्ने सहमति भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds