पोखरा । लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यु, नुन, मसला, विस्कुट, चिउरा, तरकारी, गेडागुडी लगायतको करिव ५० हजार रुपैयाँ बराबरको सामाग्रीहरू सहयोग गरेको हो ।
लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीकी अध्यक्ष कृष्ण कुमारी कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चेयर पर्सन मोहन राज आचार्य, भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम, जोन चेयर पर्सन महेश्वर रिमाल, चित्र बहादुर गुरूङ, माया बराल लगायत सहभागी बनेका थिए । कार्यक्रमको सहजिकरण लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीका सचिव देविका कार्किले गरेकी थिइन् ।
आध्यात्मिक ज्ञानको माध्यमबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै धर्म संस्कृतिको जगेर्ना गर्ने तथा असाहयहरूलाई शिक्षा प्रदान गर्दै आएको आश्रममा ६५ जना बटुकहरू अध्ययनरत रहेका छन् ।
सम्बन्धित खबर
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते