पोखरा–१२ भद्रकालीमार्गस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ ।
समारोहमा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटाले विद्यार्थीमा अनुशासन र देशप्रेमको भावना विकास गराउँदै उच्च शिक्षा आर्जनपश्चात् स्वदेशमै बसी आफ्नो श्रम र सीपको प्रयोग गरी देश विकासमा जुट्ने जनशक्तिको आवश्यकता पुग्ने बाटोमा लाग्न सुझाव दिए ।
विद्यालय उपप्राचार्य देवेन्द्र अधिकारी र गोविन्द चापागाईँले नवआगन्तुक विद्यार्थीको उज्ज्वल शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।
विद्यालयका सल्लाहकार एवं पर्यटन व्यवसायी सन्तोष पोख्रेलले विद्यार्थी जीवन जीवन सफल बनाउने आधारशीलाको रुपमा सदुपयोग गर्न आग्रह गरे ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवबहादुर भण्डारीले विद्यालय तहको शिक्षा एवं सिकाइ बालबालिकाको उज्ज्वल भविष्यको समग्र आधारशिला भएको हुँदा अनुशासित एवं लगनशील भै अध्ययन गर्नुपर्नेमा जोड दिए । कार्यक्रम सञ्चालन शिक्षक फणीन्द्रराज पौडेलले गरेका थिए ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते