स्वर्णिम सिटीको ‘कविता कन्सर्ट’ पोखरामा, नवराज पराजुलीको एकल कविता वाचन

स्वर्णिम सिटीको ‘कविता कन्सर्ट’ पोखरामा, नवराज पराजुलीको एकल कविता वाचन

navaraj parajuli

गण्डकन्युज, पोखरा । लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीले आगामी असोज २६ गते शुक्रबार पोखरामा ‘कविता कन्सर्ट’ गर्दैछ । दिउँसो ४ बजेदेखि पोखरा सभागृहमा हुने कविता कन्सर्टको तयारी तीब्र रुपमा अघि बढेको छ ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी वानका गभर्नर लायन अशोक श्रेष्ठको ‘लिभिङ बाइ गिभिङ दिएर बाँचौं भन्ने प्रकरणलाई सार्थक बनाउन अपाङ्गता भएका व्यक्तिहरुको सहयोगार्थ कविता कन्सर्ट गर्न लागिएको हो ।

कन्सर्टमा चर्चित युवा कवि नवराज पराजुलीका एकल कविता प्रस्तुत हुने स्वर्णिम सिटीका अध्यक्ष गोविन्दप्रसाद देवकोटाले जानकारी दिए ।

कविता कन्सर्टमा सहभागी हुन ३००, ५०० र १००० रुपैंयाको टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ