पोखरा वडा नं. १५, मितेरी टोल स्थित मितेरी ढलान बाटो र ब्याडमिन्टन हलमा स्तरीय म्याटको उद्घाटन गरिएको छ ।
पोखरा वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले शनिबार एक कार्यक्रमका बीच २३ लाख लागतमा निर्मित ढलान बाटो शुभारम्भ गरेका हुन् । यस्तै, ब्याडमिन्टन हलमा राखिएको नयाँ स्तरीय म्याटको पनि उद्घाटन गरियो ।
मितेरी स्पोर्टस् एण्ड ब्याडमिन्टन क्लबका अनुसार वडाको २ लाख २५ हजार बजेट र जनसहभागिता २ लाख २५ हजार गरी कूल ४ लाख ५० हजार लागतमा ब्याडमिन्टन कोर्टमा नयाँ स्तरीय म्याट ओछ्याइएको हो ।
वडाध्यक्ष बानियाँले स्थानीयको उत्साहपूर्ण जनसहभागिताकै कारण विकास निर्माणका कार्य सम्भव हुने बताए । उनले वडाबासी स्वस्थ भए मात्र समृद्ध हुने बताउँदै स्वास्थ्य नै ठूलो कुरा भएकाले खेलकुदलाई वडाले प्राथमिकता दिएको उल्लेख गरे ।
वडाध्यक्ष बानियाँले ब्याडमिन्टनका प्रमुख रेफ्री ज्ञानबहादुर भण्डारीलाई कक् हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ गरेका थिए । प्रतियोगिता संयोजक लालबहादुर गुरुङका अनुसार ४३ टीमको सहभागिता रहेको छ ।
प्रथम हुनेलाई ८ हजार, द्वितीय हुनेलाई ६ हजार र तृतीय तथा चतुर्थलाई ३/३ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
मितेरी टोल बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १५ का जनप्रतिनिधिहरु कार्यपालिका सदस्य एवं वडा सदस्य मन्दिरा परियार, वडा सदस्य आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङको पनि उपस्थिति रहेको थियो ।
उक्त अवसरमा मितेरी टोल विकास संस्थाकी अध्यक्ष मनमाया गुरुङ तथा स्थानीयको बाक्लो सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पोखरा थण्डर्सलाई फुटसलको उपाधि
एमसीएल सिजन–३ का लागि खेलाडीहरुको मोलमोलाई : ५ सय देखि १० हजार सम्मको बोली
रोनाल्डो बने सामाजिक सञ्जालमा एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
पोखरा क्लिक डटकमले पुम्दीभुम्दीमा ‘प्रथम पर्वतीय दौड’ गर्दै
इन्टर रिकभरिङ फुटसलः पोखरा फेलोसिप च्याम्पियन
पेल्काचौरमा दशैँ पूर्णिमा मेला हुने, भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग