पोखरा । पालिकाका वडाहरुबाट अब नागरिकताको सिफारिस अनलाइनबाटै हुनेभएको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको उपस्थितिमा अन्नपूर्ण गाउँपालिका २ बाट सोही वडा निवासी सुरक्षा अधिकारीको नेपाली नागरिकता प्रमाणपत्रको लागि अनलाइन माध्यमबाट सिफारिस गरी स्थानीय तहहरुबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अभियानको शुरुवात शुक्रबार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटीरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तीका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।
यस प्रणालीको सुरुवातले नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटिरहित, व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि हुन जाने हुदाँ अन्नपूर्ण गाउँपालिका वडा नं ०२ बाट सुरुवात भएको अनलाइन सिफारिस प्रणालीलाई क्रमिक रुपमा कास्की जिल्लाका सबै पालिकाका वडाहरुबाट छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको प्रजिअ पाण्डेले बताए ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा व्यवस्थापन संकायका अब्बल विद्यार्थीलाई सम्मान
पत्रकार महासंघ गण्डकी र कास्की भवनमा क्रियाशील पत्रकारले लगाए फेरि ताला
कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सय बढी संक्रमित
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुधार गृहमा फलफूल वितरण
सुरेशको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ, कास्की
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग