तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

pakrau

तनहुँ । तनहुँबाट स्रोत नखुलेको १२ लाख नगदसहित दुईजना पक्राउ परेका छन् ।

बुधबार तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुशान केसीलाई पक्राउ गरिएको हो ।

काठमाडौँबाट मोटरसाइकलमा पोखरातर्फ गइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा उक्त नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ