पछिल्लो समय स्याङ्जामा आत्महत्याको घटनामा पुरुषको संख्या बढी रहेको छ । पछिल्लो तीन वर्षको अवधिमा मात्र जिल्लामा एक सय ४८ जना पुरुषले आत्महत्या गरेको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
स्याङ्जामा पछिल्लो समय आत्महत्याको प्रवृत्तिमा महिलाको भन्दा पुरुषको संख्या बढी देखिएको छ । जसमा १६ वर्ष मुनिका बालबालिका समेत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पछिल्लो तीन वर्षको अवधिमा मात्र १६ वर्ष मुनिका २५ जना बालबालिकाले आत्महत्या गरेका छन् । डिएसपी रानाले सानो उमेरमै बालबालिकाले आत्महत्याको बाटो रोज्नु समाजकै लागि दुखद विषय बनेको बताए । शिक्षाको स्तर विकास भएतापनी शैक्षिक एवं मनोवैज्ञानिक चेतनाको कमीले गर्दा आत्महत्याको दर वृद्धि भएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पछिल्लो तीन वर्षमा ८ बालक र १७ बालिकाले आत्महत्या गरेको तथ्यांक छ । यस अवधिमा एक सय ४८ जना पुरुष र ६२ जना महिलाले आत्महत्या गरेका छन् । बालबालिका साथै किशोर किशोरीहरुमा बढ्दो सामाजिक संजालको प्रयोगले आत्महत्या बढेको पाइएको डिएसपी रानाको भनाइ छ ।
त्यस्तै, सामाजिक संजालबाट चिनजान भएको भरमा प्रेममा फसेर असफल, गरिबी तथा बेरोजगारी भएर मानसिक रुपमा निकै कमजोर, घरेलु हिंसा, मानसिक असन्तुलन, दीर्घ रोगी, उच्च आकांक्षा लगायतका अन्य कारणले आत्महत्या हुने गरेको अनुसन्धानले देखाएको डिएसपी रानाले बताए ।
आर्थिक वर्ष २०७८-२०७९ मा महिला २१, पुरुष ४७, बालक ३ र बालिका ५ गरी ७६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९-२०८० मा महिला २०, पुरुष ५८, बालक ३ र बालिका ६ गरी ८७ जनाले आत्महत्या गरेका छन् र २०८०-२०८१ मा महिला २१, पुरुष ४३, बालक २ र बालिका ६ गरेर ७२ जनाले आत्महत्या गरेको तथ्यांक रहेको सूचना अधिकारी डिएसपी रानाले जानकारी दिए ।
स्याङ्जामा प्रहरी कार्यालयले आत्महत्याको रोकथाम तथा न्यूनीकरण गर्नका लागि सचेतनाका कार्यक्रम समेत गर्दै आएको डिएसपी रानाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले स्थानीय तह, विद्यालयहरुमा र सम्बन्धित क्षेत्रमा आत्महत्याको अवस्था बारे जानकारी तथा परामर्श दिँदै आएको छ ।
सम्बन्धित खबर
अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जाकी जमुनाको ओमनमा रहस्यमय मृत्यु, न्याय खोज्दै कुमाल परिवार
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु
मृगौला पीडितलाई फोटोग्राफरहरुको आर्थिक सहयोग
मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग