काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुगेका छन् ।
सौर्य एयरलाइन्सको जहान बुधबार बिहान ११ :११ बजेट दुर्घटना भएको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको छ । पाइलटको घाइते अवस्थामा उद्धार भएको छ ।
घटना लगत्तै गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेसहित उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए । उद्दार र विमान दुर्घटनाको अवस्थाबारे बुझ्न प्रधानमन्त्री ओली पनि पुगेका हुन् ।
ओलीले बुधबार (आज) भएको सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भने, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।”
गृहमन्त्री लेखकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्ने बताएका छन्। लेखकले दु:खद घटना घटेको र यसको छानबिन गर्ने बताएका छन्।
‘दु:खद घटना घट्यो, जहाज दुर्घटनाबारे छानबिन गर्छौं,’ लेखकले पत्रकारहरूसँग भने, ‘विस्तृतमा छानबिन गर्छौं।’ जहाज दुर्घटनापछि अग्निनियन्त्रकहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत उद्धारमा खटिएका थिए।
सम्बन्धित खबर
आईएसएमटी जब फेयरमा विद्यार्थीको उत्साहजनक सहभागिता
रविले सहकारी प्रकरणमा ‘क्लिन चिट’ पाएको रास्वपाको दाबी, कांग्रेसले भन्योः हास्यास्पद !
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
ट्रम्पमाथि फेरि गोली प्रहार
आज देशभरको मौसम कस्तो रहन्छ?
पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग