मुलुकले गुमायो दर्जन बढी दक्ष प्राविधिक, इन्जिनियर, पाइलट

शोकमा सौर्य एअरलाइन्स

मुलुकले गुमायो दर्जन बढी दक्ष प्राविधिक, इन्जिनियर, पाइलट

Sauraya-plane-crackkk

काठमाडौं । सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा सो एयरलाइन्स व्यवस्थापन समूहका ५ जना दुर्घटनामा परेका छन् ।

विमानमा सवार पाँचमध्ये चारजना सौर्य एअरलाइन्सले गुमाएको छ भने एक दर्जन दक्ष इन्जिनियर पनि गुमाउनु परेको छ । पोखराका लागि उडेको विमानमा एक महिला र बालक लगायत अरू एअरलाइन्सकै प्राविधिक तथा इन्जिनियर थिए ।

बुधवार अन्तर्राष्ट्रिय विमानस्थल स्थित बुद्ध एयरको ह्याङ्गर पछाडिको खाली भागमा सौर्य एयरको ९–एनए एमई विमान दुर्घटना भएको हो ।

सौर्यका ‘सुरक्षा प्रमुख सागरकुमार आचार्य, वायुगोग्यता व्यवस्थापक (सिएएमओ) अश्विनकुमार निरौला, जहाज मर्मत प्रमुख यज्ञप्रसाद पौड्याल, र चिफ अफ क्युए (क्वालिटी अफिसर) दिलीप बर्मा विमानमा सवार थिए ।

चिफ अप अपरेसन्स मनिष रत्न शाक्य थिए । विमान चिफ अप अपरेसन्स तथा क्याप्टेन मनिषरत्न शाक्यले उडाएका हुन् । उनी बाहेक सबैको ज्यान गएको छ । क्याप्टेन शाक्यको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार हुँदैछ ।

विमानमा सवार १८ जनाको मृत्यु भएको छ । विमानका कोपाइलट सुशान्त कटुवालको पनि मृत्यु भएको छ ।

विमानका मनुराज शर्मा, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा थिए । यस्तै उद्धव पुरी, सन्तोष महतो, पुण्य रत्न शाही र विदेशी इन्जिनियर आरिफ रेडा सवार थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ