त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको ९ एन एएमई विमान दुर्घटना भयो । दुर्घटनापछि अहिले उद्धार जारी छ । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।
पोखराका लागि उडेको यो जहाजले धावनमार्ग छाड्नासाथ क्र्यास भएर भुईँमा बजारिएको पाइएको छ ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १८ जनाको शव निकालेका छन् । विमानका चालक मनिषरत्न शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उनको टाउकोमा चाेट लागेको छ ।
करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका थिए ।
विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।
कति बेला के भयो ?
११:१५ : जहाज दुर्घटनाको खबर प्रहरीले वाकीटकीमा मार्फत पायो ।
११:३४ : जहाजका क्याप्टेन एमआर शाक्यको घटनास्थलबाट उद्धार ।
११:४० : दुर्घटनास्थलमा लागेको आगो पूरै निभाइयो ।
११:५० : चालक दलका २ सदस्यसहित कम्तीमा १९ जना विमानमा सवार रहेको जानकारी प्राप्त ।
११:५१ : दुर्घटनास्थलबाट संकलित शवहरु त्रिवि शिक्षण अस्पतालमा लगियो ।
सम्बन्धित खबर
बागलुङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु
माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो
गैंडाकोट दुर्घटना [अपडेट]: घाइते स्याङ्जाकी श्रीमायाको पनि मृत्यु
बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु, स्याङ्जाकी श्रीमाया घाइते
पर्वत एम्बुलेन्स दुर्घटना [अपडेट]: घाइते महिलाको मृत्यु, आफन्तले आज शव बुझे
सेती नदी खोल्सामा खस्यो कार, पार्किङका लागि ब्याक गर्ने क्रममा दुर्घटना
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग