सौर्य जहाज दुर्घटनाः १३ जनाकाे शव निकालियाे, क्याप्टेन शाक्यको उद्धार

दुर्घटना

सौर्य जहाज दुर्घटनाः १३ जनाकाे शव निकालियाे, क्याप्टेन शाक्यको उद्धार

saurya air crash

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।

नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उनको टाउकोमा चोट छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको थियो । अहिले उद्धारको काम भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ