स्याङ्जा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
नयाँ दर्ता भएका ९५२ मुद्दामध्ये ४६५ सम्बन्ध विच्छेद र ८५ वैवाहिक सम्बन्ध विच्छेद गरी ५५० मुद्दा रहेको अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए । अदालतमा दर्ता भएका मुद्दामध्ये ५७ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदकै रहेको र मुद्दामा महिलावादी ४४२ र पुरुषवादी भएका १०८ वटा मुद्दा रहेको श्रेस्तेदार शर्माले बताए ।
श्रेस्तेदार शर्माका अनुसार अदालतमा पुराना जिम्मेवारीसहित सम्बन्ध विच्छेदका ५४८ र वैवाहिक सम्बन्ध विच्छेद ९४ रहेकोमा अब १०२ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । उनले वैदेशिक रोजगार र प्रविधिको नकारात्मक प्रभावले नै सम्बन्ध विच्छेद बढेको बताए । त्यस्तै, सामाजिक संजालको गलत प्रयोग, सामाजिक मानसिकता, मादक पदार्थको सेवन, शैक्षिक तथा आर्थिक स्तर, सन्तान नहुने अन्य कारण रहेका श्रेस्तेदार शर्माको भनाइ छ ।
स्याङ्जा जिल्ला अदालतमा दर्ता भएका मुद्दामा ७१ वटा अंश मानाचामल, ३३ वटा लेनदेन, ३२ वटा चेक अनादर, ३१ वटा लिखित बदर, घरेलु हिंसा चार, जालसाजी ४५ वटा, १६ वटा जबरजस्ती करणी, पाँचवटा बहुविवाह, एक वटा किर्ते, सवारी ज्यान १० वटा, १४ वटा लागूऔषध र ३२ वटा चोरीका मुद्दा दर्ता भएका हुन् ।
अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले पुराना र नयाँ जिम्मेवारीसहित एक हजार ३५५ मुद्दा रहेकोमा एक हजार चार मुद्दा अर्थात् ७४ प्रतिशत मुद्दा फछ्र्यौट भएको जानकारी दिए ।
सम्बन्धित खबर
अवैध ओसारपसारमा संलग्न वडा सदस्यका ट्याक्टर प्रहरी नियन्त्रणमा
स्याङ्जाकी जमुनाको ओमनमा रहस्यमय मृत्यु, न्याय खोज्दै कुमाल परिवार
स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय
एक वर्षमा क्षयरोगबाट स्याङ्जाका १४ जनाको मृत्यु
मृगौला पीडितलाई फोटोग्राफरहरुको आर्थिक सहयोग
मितेरी सहकारी ठगी आरोपमा कांग्रेस उपसभापति गुरुङविरूद्ध उजुरी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग