होटल सांग्रिलाका संस्थापक श्यामबहादुर पाण्डेको निधन

होटल सांग्रिलाका संस्थापक श्यामबहादुर पाण्डेको निधन

पोखरामा लक्जरी होटल भित्र्याउने अगुवा थिए पाण्डे

shyam-bahadur-pande

पोखरा । प्रतिष्ठित पर्यटन व्यवसायी होटल सांग्रिलाका सस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक पाण्डेको पोखराको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान छन् ।

पोखरामा लक्जरी होटलको अभाव भैरहेको बेलामा पाण्डले पोखराको घारीपाटनमा होटल सांग्रिला पोखराको खोलेका थिए । उनले १९९६ मा खोलेको होटल सांग्रिलाले पोखरामा पर्यटन उद्योगमा नयाँ नयाँ लगानीकर्तालाई आकर्षण गरेको पर्यटन व्यवसायी बताउछन् ।

पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।

होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गरेका थिए । पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेका थिए । पाण्डेले पोखरामा लक्जरी होटल सांग्रिला भित्र्याए ।

पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ