काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री भीम रावलले वर्तमान सरकारले नेपाललाई भारत बनाउँछौं भन्ने सांसदलाई देशद्रोहको मुद्दा चलाउनुपर्ने बताएका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र निष्काशित महामन्त्री मुकुल ढकाल दुवैसँग बयान लिनुपर्ने बताएका हुन् ।
‘यत्रो दुईवटा ठूला पार्टीको सरकारले यो कुराको छानविन गरेर यदि कुनै सांसदले नेपाललाई भारतको प्रान्त बनाउँछु भन्छ भने निजलाई देशद्रोहमा मुद्दा चलाइनुपर्छ । मुकुल ढकाल र स्वर्णिम वाग्ले दुवैसँग बयान लिइनुपर्छ,’– उनले भने ।
रास्वपाका निष्काशित महामन्त्री ढकालले टीकाराम यात्रीसँगको अन्तरवार्तामा पार्टी सभापति रवि लामिछाने र उपसभापति वाग्लेले नेपाललाई भारतको एउटा प्रान्त बनाउने गरी सम्झौता गर्न पनि तयार हुनुपर्छ भनी सुनाएको बताएका थिए ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ