राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा आफू खुसी भएको बताएका छन्।
प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वास मतको प्रस्तावमाथि छलफलमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले तर प्रधानमन्त्री ओलीलाई विश्वास मत भने नदिने बताए।
‘केपी शर्मा ओली प्रधानमन्त्री बन्नु हुँदा स्वाभाविक रूपमा प्रतिपक्षी दलहरूमध्ये म बेसी खुसी हुन्छु, किनभने दुईचोटि मेरो पार्टीले उहाँलाई मत दिएको छ र मैले पनि मत लिएको छु,’ उनले भने, ‘फेरि पनि उहाँलाई बधाई दिन चाहन्छु। गएको चुनावमा तीन जिल्लामा हामी मिलेर चुनाव लडेका थियौं।’
गत आम चुनावमा राप्रपाले प्रतिनिधि सभामा ३ क्षेत्र र प्रदेश सभामा ४ क्षेत्रमा एमालेको सहयोग लिएको र एमालेलाई प्रतिनिधि सभामा १० ठाउँ र प्रदेश सभामा २२ ठाउँमा सहयोग गरेको लिङ्देनले बताए ।
‘अन्य दलहरूसँग पनि हाम्रो सम्बन्ध राम्रो छ। तर एमालेसँग विशेष छ,’ लिङ्देनले भने, ‘एमाले नेतृत्वमा सरकार बन्दा र ओली प्रधानमन्त्री हुँदा हामी खुसी छौं। एमालेले नेतृत्व गरेको सरकार बन्दा उहाँ प्रधानमन्त्री अर्थमन्त्रीजी पनि हामीसँग तालमेल गरेको व्यक्ति हुनुभएको छ । त्यसकारण हामी खुशी छौं’।
उनले विश्वास मत भने नदिने बताएका छन्। एमाले महासचिव शंकर पोखरेलले एक अन्तर्वार्तामा दुई दलीय व्यवस्थामा जानुपर्ने कुरा बताएको पनि उनले बताए।
‘कांग्रेस-एमाले मात्रै भएको देश कस्तो हुन्छ होला? अरू दलहरू हुँदा त यस्तो छ,’ उनले भने, ‘यो खतराबाट देशलाई जोगाउनको लागि पनि राप्रपा प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं।’
मुलुकमा अस्थिरता ल्याउनुमा दुई ठूला मुख्य दलहरू दोषी रहेको उनले आरोप लगाए। ठूला दलको प्रवृत्ति र चरित्रका कारण राजनीति अस्थिर भएको पनि उनले बताए।
प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्।
सम्बन्धित खबर
९ वर्षपछि प्रतिपक्षी बनेको माओवादीका अध्यक्ष प्रचण्डको आँखा सरकारतिरै
एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ: प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु